उपत्यकामा ३३ सहित देशभर ८१ जना कोरोना संक्रमित थपिए

  • थप १११ जना संक्रमणमुक्त
  • - नेपाली हेल्थ


    काठमाडौँ, २९ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ३३ सहित देशभर थप ८१ जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय ११ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

    देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार २३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८१ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

    नेपालमा हालसम्म कुल २१ लाख ७ हजार ६ सय ४९ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ ।

    हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय १८ रहेको छ । क्वारेनटिनमा ८७ जना रहेका छन् । आइसीयूमा ६४ र भेन्टीलेटरमा १३ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ ।। यी सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ ।


    Facebook Comment


    थप समाचार