काठमाडौँ उपत्यकामा ५८ सहित देशभर १३० जना कोरोना संक्रमित थपिए

136
Shares


काठमाडौँ, २६ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ५८ सहित देशभर थप १ सय ३० जना कोरोना भाइरस(कोभिड-१९) संक्रमित थपिएका छन् । यही अवधीमा देशभरबाट थप १ सय ९४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ३ सय ३३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ३० जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ ।

नेपालमा हालसम्म कुल २० लाख ९६ हजार ७ सय ५० जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ४४ रहेको छ । क्वारेनटिनमा ९२ जना रहेका छन् । आइसीयूमा ६३ र भेन्टीलेटरमा १७ जना उपचाररत छन् । पछिल्लो २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएको छ । यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *