पत्रकारलाई आज देखि कोरोनाबिरुद्धको खोप दिइँदै

204
Shares

काठमाडौं, २६ माघ । सरकारले आज (सोमबार) देखि पत्रकारहरुलाई कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ उपलब्ध गराउने भएको छ । पत्रकारका लागि विहान १० बजे देखि निजामती कर्मचारी अस्पताल मिनभवनमा खोप दिने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

खोप लगाउनका लागि मन्त्रालयले सूचना विभागले उपलव्ध गराएको प्रेसपास सहित उपस्थित हुनुपर्ने बताएको छ । तर कतिपय फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुले विभागको प्रेस पास पाउन सकेका छैनन् ।

त्यसका लागि बैकल्पिक व्यवस्था गर्न सकिने संकेत खोप सचिवालयका अधिकारीहरुले दिएका छन् । ‘सुरुवात हामीले सूचना विभागकै कार्ड होल्डरहरुबाट गर्नेछौँ । विभागको कार्ड नभएका फ्रन्टलाइनर पत्रकारहरुको हकमा के गर्ने भन्ने विषयमा थप निर्णय गरौँला,’ सचिवालयका एक अधिकारीले भने ।

त्यसो त डा गौतमले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए । देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।

भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज कोभिसिल्डबाट यो खोप अभियान शुरु गरेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *