कर्णालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

132
Shares


काठमाडौँ, २५ माघ । कर्णाली  प्रदेशमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ सुर्खेत निवासी ६१ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको हो।

स्वास्थ्य शिक्षा अधिकृत नवराव कंडेलका अनुसार माघ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि माघ १८ गते आइसियूमा राखेर उपचार गरिएको थियो । र उनको उपचारको क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

मृतकलाई उच्च रक्तचाप, मधुमेहसम्बन्धी रोग भएको र प्रोटोकल अनुसार उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको कंडेलले बताए।

यो संगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *