देशभर थपिए १४२ जना कोरोना संक्रमित, २०६ जना डिस्चार्ज

काठमाडौँ, २१ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप १ सय ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप २ सय ६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । त्यसैगरी काठमाडौैँ उपत्यकामा ५५ जना थपिएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ९७  जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ सय ४२ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ८१ हजार ६९५  जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४ सय ३१ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ सय पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २ हजार ३ सय ३५ रहेको छ । क्वारेनटिनमा ९५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *