कोभिसिल्डबारे भक्तपुर डाक्टर सोसाइटीले गर्‍यो अन्तरक्रिया

भक्तपुर १८ माघ । सरुवा रोग विज्ञ डा शेरबहादुर पुनले कोभिसिल्ड खोप लगाएपछि साधारण समस्या आउनु स्वभाविक हुने भन्दै आत्तिनु नपर्ने बताएका छन् ।

उनले कोभिड महामारीविरुद्धका लागि प्रयोग हुने गरी यति छिटै खोप आएर लगाउन पाउनु ऐतिहासिक कदम भनेका छन् ।

भक्तपुर डाक्टर सोसाईटीको आयोजनामा शनिबार नेपालमा कोरोनाबिरुद्ध हाल प्रयोग भइरहेको खोप कोभिसिल्ड र यसको प्रयोग पछि देखिएका प्रभावका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा डा पुनले ढुक्क भएर खोप लगाउन आग्रह समेत गरे ।

उनले उक्त खोप विभिन्न अनुसन्धान पछि मात्र आएको र यसले मानव स्वास्थ्यमा फाइदा गर्ने बताए ।

सो अवसरमा भक्तपुर र नेपालको विभिन्न स्थानमा रही निरन्तर रूपमा स्वास्थ्य सेवामा योगदान दिने भक्तपुरका अग्रज चिकित्सकहरुलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा डा. इन्द्र प्रसाद प्रजापति, डा अमिला श्रेष्ठ, डा ज्ञान कृष्ण कायस्थ, डा अमिरबाबु श्रेष्ठ, डा किरण शाक्य रहेका छन् ।

सो अवसरमा बोल्दै सम्मानित मध्येका एक डा प्रजापतिले भक्तपुरमा रहेका चिकित्सकहरु संगठित भएर स्वास्थ्य क्षेत्रलाई ठूलो योगदान हुने र आगामी दिनहरुमा स्वस्थ्य क्षेत्रमा मिलिजुली काम गर्नु पर्ने बताए ।

सोसाइटीका अध्यक्ष डा पुण्यराम खर्बुजाले यस्ता कार्यक्रमहरु चिकित्सकहरुलाई मात्र नभई समाजलाई समेत लाभकारी हुने कार्यक्रम आगामी दिनहरूमा योजना रहेको जानकारी दिए ।

उक्त कार्यक्रममा भक्तपुर जिल्लाका ६४ जना चिकित्सकको सहभागिता रहेको डा विवेक बासुकलाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *