साउथवेस्टन कलेजका विद्यार्थीद्धारा टोखामा रक्तदान

काठमाडौँ, १८ माघ । कोभिड–१९ को महामारीमा रगतको अभाव भइरहेका बेला टोखा नगरपालिका स्वास्थ्य शाखा, बसुन्धरास्थित साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टर र नेपाल रेडक्रस सोसाइटीको आयोजनामा शनिबार स्वास्थ्य परीक्षणका साथै रक्तदान आयोजना गरिएको छ ।

रगतको अभाव कम गर्न र रचनात्मक सामाजिक सेवामा विद्यार्थीलाई प्रेरित गर्न कार्यक्रम गरिएको रिसर्च सेन्टरका अध्यक्ष एवं साउथवेस्टन स्टेट कजेलका सहायक प्रिन्सिपल हरिसिंह केसीले बताए ।

सो कलेजमा अध्ययनरत बिएसडब्लु (स्नातक तह, सोसल वर्क) का विद्यार्थीको संयोजनमा गरिएको कार्यक्रममा करिब १०० जनाले रक्तदान गरेको जनाइएको छ ।

विद्यार्थी समूहका संयोजक विद्यार्थी अभिशेक शर्माले विद्यार्थीले वृद्धाश्रममा खाना खुवाउने, लत्ता कपडा तथा औषधि वितरणलगायतका सेवामूलक कार्यक्रम गर्दै आएको जनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *