नागार्जुन नगरपालिका : स्वास्थ्य स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता


काठमाडौँ, १६ माघ । नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु तीन हजार प्रोत्साहन भत्ता दिएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दश वटै वडाका ९७ स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता दिइएको हो ।

सरकारले प्रदान गर्दै आएको रु ६ हजार र नगरपालिकाका तर्फबाट थप रु तीन हजार प्रोत्साहन भत्ता दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सङ्गीता योगीले बताइन् ।

स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहरहेका छन् । यसैबीच नगरपालिकाले अतिविपन्न तथा ज्येष्ठ नागरिकलाई विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निःशुल्क स्वास्थ्य परीक्षण सेवाको दिइने जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *