काठमाडौँका यी ११ वटा अस्पतालबाट एकैपटक शुभारम्भ हुँदैछ कोरोनाबिरुद्धको खोप अभियान

412
Shares

काठमाडौँ, १३ माघ । सरकारले बुधबार विहान १० बजे कोरोनाबिरुद्धको खोप अभियानको शुभारम्भ गर्दैछ । पहिलो पटक काठमाडौँका ११ वटा अस्पतालमा यो अभियानको एकै समयमा शुभारम्भ हुँदैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्च्युअल रुपमा अभियानको शुभारम्भ गर्नेछ । त्यसअघि उपत्यकाका ११ वटै अस्पतालहरु प्रधानमन्त्रीसंग अनलाइनमा प्रत्यक्ष जोडिनेछन् । र ती अस्पतालहरुमा एकैपटक स्वास्थ्यकर्मीहरुलाई खोप लगाई अभियानको शुभारम्भ हुनेछ ।

स्वास्थ्य मन्त्रालयका कोभिडविरुद्धको इन्सिडेन्ट कमाण्ड सिस्टममा प्रमुख डा गुणराज लोहनीले प्रधानमन्त्रीबाट अभियानको शुभारम्भ हुँदै गर्दा ती ११ वटा अस्पतालले प्रत्यक्ष जोडिएर खोप लगाउन शुरु गर्ने बताए । पहिलो खोप कसले लगाउँछ ? भन्ने प्रश्नमा भने डा लोहनीले हरेक अस्पताललाई त्यसको निर्णय गर्ने अधिकार दिइएको बताए ।

‘११ वटा अस्पताल प्रत्यक्ष जुम विधिबाट जोडिन्छन्, र एकैपटक खोप लगाउँन थाल्नेछन् । त्यसमा उनीहरुले आफ्ना अस्पतालका कसबाट खोप शुभारम्भ गर्ने भन्नेमा उनीहरु स्वतन्त्र छन्,’ डा लोहनीले भने ।

प्रधानमन्त्रीले खोप अभियान शुरु गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सन्देश पढिनेछ । अभियान शुभारम्भ भए लगत्तै देशभरका अस्पतालहरुबाट खोप लगाउन थालिनेछ ।

अभियान शुभारम्भका लागि प्रत्यक्ष जोडिने अस्पतालहरु कुन कुन हुन् ?

१. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
२. वीर अस्पताल
३. आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल, कीर्तिपुर
४. पाटन अस्पताल
५. परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल
६. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
७. भक्तपुर अस्पताल
८. शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र
९. काठमाडौं मेडिकल कलेज, जोरपाटी
१०. सशस्त्र प्रहरी बलम्बु अस्पताल
११. शहिद गंगालाल अस्पताल

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *