कोरोना संक्रमणबाट स्वास्थ्य मन्त्रालयका एक जना अधिकृतको निधन

काठमाडौँ, १२ माघ । स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयमा कार्यरत एक जना कर्मचारीको कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोना संक्रमणमा परेका मन्त्रालयका कम्प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको सोमबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ललितपुरको गोदावरी स्थायी घर भएका ५१ बर्षीय श्रेष्ठ मिर्गौलाको विरामी समेत थिए । झण्डै एक बर्ष अघि उनको दुबै मिर्गौला फेल भएको थियो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सोमबार विज्ञप्ती जारी गर्दै श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *