काठमाडौँ उपत्यकामा १०९ सहित देशभर थपिए २३२ जना कोरोना संक्रमित


काठमाडौँ, १० माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय ९ सहित देशभर थप २ सय ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ३ सय ८६ जना निको भएर घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५४१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ३२ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ३८ हजार ८४२ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

त्यसैगरी काठामाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८०, ललितपुरमा २० र भक्तपुरमा ९ जना गरी थप १०९ जना थपिएका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ रहेको छ । क्वारेनटिनमा १४७ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १४७ र भेन्टीलेटरमा २६ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९९४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *