भारतबाट १० लाख डोज कोभिडबिरुद्धको खोप अनुदानमा आउँदै

काठमाडौँ, ७ माघ । भारत सरकारले नेपाललाई १० लाख  डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप काेभिसिल्ड दिने भएकाे हाे । सो खोप विहीबार काठमाडौँ आइपुग्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा स्वास्थ मन्त्री  हृदयेश त्रिपाठीले सो जानकारी री दिएका हुन् । उनले भारतले यो खोप अनुदान सहयोगमा उपलव्ध गराएको समेत स्पष्ट पारे ।

कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोभिड महामारीमा भारत सरकारले नेपाल सहित छिमेकी देशहरुलाई समयमै खोप उपलव्ध गराई महानता प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।

उनले पहिलो चरणमा आएको खोप न्यायपूर्ण रुपमा वितरण हुने समेत प्रतिवद्धता गरे । `हामीले खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेका छौँ । त्यहि अनुसार नै यसको वितरण हुनेछ । र यो एकदमै छिटो खोप लगाउने कार्यको प्रारम्भ गरिनेछ´  उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *