त्रिवि शिक्षण अस्पताल : बिरामीको मृत्युपछि आईसीयूमा कार्यरत डाक्टर माथि आक्रमण

फाइल फोटो

काठमाडौँ, ६ माघ । डाक्टर माथि आक्रमणमा उत्रिएको समूहले थप मान्छे ल्याएपछि त्रिवि शिक्षण अस्पताल फेरी अशान्त बनेको छ । लापरवाहीले आफ्नो विरामीको ज्यान गएको भन्दै एक समूहले मध्यान्न तिर आईसीयूमा कार्यरत डा. समिर भण्डारीमाथि आक्रमण गरेको थियो ।

त्यसपछि आफन्त र अस्पताल प्रशासनबीच घटनाको विषयमा बार्ता र छलफल हुँदै थियो । तर अहिले फेरी ठूलो संख्यामा मान्छेहरु आएर हुलदंगा गर्ने प्रयास गरिरहेका छन् । प्रहरी पनि ठूलो संख्यामा तैनाथ छ । साम्य हुन लागिसकेको घटनालाई पुन बल्झाउन थालिएको छ । अस्पतालका प्रवक्ता रामबिक्रम अधिकारीले भने ।

बुटवलबाट रिफर गरि ल्याइएका ६२ बर्षीय बिरामीको मंगलबार विहान ११ बजे तिर उपचारका क्रममा ज्यान गएपछि आफन्तहरु चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै हुलदंगामा उत्रिएका हुन् । सो क्रममा आइसीयूका डा भण्डारी माथि आक्रमण भएको अस्पतालले जनाएको छ ।

अधिकारी भन्छन्, ‘खास के हो भने निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ति बिरामीलाई बुटवलमा गरिएको पीसीआर जाँच नेगेटिभ थियो । सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो । उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकपछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ पीसीआर पनि गरियो । पोजेटिभ आएपछि कोभिड वार्डमा सारियो । र उपचारका क्रममा उनको मृत्यु भयो।’

तर, आफन्तहरुले नन कोभिड विरामीलाई कोभिडमा लगेर मत्यु भएको बताउँदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *