काठमाडौँ उपत्यकामा २१८ सहित देशभर थपिए ३४८ जना कोरोना संक्रमित, ४४१ जना निको भए

काठमाडौँ, ६ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा २१८ सहित  देशभर थप ३ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय ४१ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ९५६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय ४८ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा हालसम्म कुल २० लाख २१ हजार ७१४ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ रहेको छ । क्वारेनटिनमा १९० जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १६१ र भेन्टीलेटरमा ३५ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *