बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

48
Shares


काठमाडौँ, ६ माघ। बाँकेमा  थप दुईजनाको  कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार  मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।

७० वर्षीय पुरुषमा २६ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए ।

धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ । उनको २८ पुसमा कोरोना पोजेटिभ आएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *