देशभर थपिए ३२२ जना कोरोना संक्रमित, ३७४ जना निको भए

108
Shares

काठमाडौँ, ५ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप ३ सय २२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ३ सय ७४ जना निको भएर घर फर्किएका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा १६३ जना संक्रमित थपिएका छन् । जसमा ६५ महिला ९९ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार ३०६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय २२ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । नेपालमा हालसम्म कुल २० लाख १६ हजार ७५८ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको छ । क्वारेनटिनमा २२१ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *