कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो

108
Shares


काठमाडौँ, २ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।

थप ३ हजार ८४ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ३९० जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी १६५ जना आइसीयूमा र ३८ जना भेन्टीलेटरमा उपचाररत छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *