कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १९४८ पुग्यो


काठमाडौँ, २ माघ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।

थप ३ हजार ८४ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ३९० जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी १६५ जना आइसीयूमा र ३८ जना भेन्टीलेटरमा उपचाररत छन् । हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *