बाँकेमा थप दुईजना कोरोना संक्रमित महिलाको मृत्यु


काठमाडौँ, २६ पुस । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ र रोल्पाबाट उपचारका लागि बाँके पुगेका दुईजना कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रोल्पा लिवाङ–४ की ४२ वर्षीया महिला र भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई–६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार दाङकी ८० वर्षीया महिलामा पुस १० गते कोरोना संक्रमण पुष्टि भएकोे थियो । उनी सोही दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी पुस २५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी ४० वर्षीया महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारकै क्रममा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

तीन घण्टाको फरकमा दुई महिलाको मृत्यु भए सँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ८२ जना संक्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *