पछिल्लो २४ घण्टामा देशभर थपिए ३६२ जना कोरोना संक्रमित, ६९९ जना संक्रमणमुक्त

काठमाडौँ, २५ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ३ सय ६२ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ४ हजार २८६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय ६२ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको छ । क्वारेनटिनमा २६२ जना रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मेत्यु हुनेको संख्या १ हजार ९१२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *