पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

कास्की, २४ पुस । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका – १२ निवासी ६२ वर्षीया महिलाको बिहीवार राति ११ :४७ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार मृत्यु भएकी महिलामा गत पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्चरक्तचाप र मधुमेहको समेत समस्या थियो ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



