पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु


कास्की, २४ पुस । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका – १२ निवासी ६२ वर्षीया महिलाको बिहीवार राति ११ :४७ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार मृत्यु भएकी महिलामा गत पुस २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा उच्चरक्तचाप र मधुमेहको समेत समस्या थियो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *