नेपालमा फैलिएको कोरोना भाइरसको स्रोत कहाँको हो ?

काठमाडौँ, २३ पुस । नेपालमा देखिएको कोरोना भाइरसको स्रोत भारत, साउदी अरेविया, युरोप र अमेरिका रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले संक्रमित बिरामीको अनुवंशिक अनुक्रमिय व्याख्या (जीन सिक्वेन्सिङ) गर्दा स्रोत पत्ता लागेको हो ।

परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार परिषदले विभिन्न देशबाट आएका १५ जना संक्रिमित बिरामीको सार्स कोभ -२ को जिन सिक्वेन्सिङ गरेको थियो ।

त्यसमा हिमाल पहाड र तराईका सक्रमितहरु छनौट गरिएको थियो । त्यसमा चीनमा देखिएको भाइरस भन्दा नेपालमा देखिएको भाइरस म्युटेसन अर्थात रुप परिवर्तन गरेको पाइएको थियो ।

डा धिमालले  नेपालमा देखिएको भाइरस धेरै जसो जीएच र जीआर समूहको भएको समेत बताए ।

यो भाइरस सन् २०२० फेब्रअरीको अन्त्यतिर जी स्टे«नबाट परिस्कृत भएको थियो ।

उनले नेपालमा देखिएको भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रुपमा भएको अनुक्रम भन्दा भिन्न नभएको समेत स्पष्ट पारे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *