भर्खर विहे गरेको श्रीमान एचआईभी संक्रमित हुन् भन्ने थाहा पाएपछि….

1.2k
Shares

एजेन्सी । एक एचआईभी संक्रमित पुरुषले आफ्नो रोग लुकाएर प्रेमिकासंग गरेको  विहे अदालतले खारेज गरिदिएको छ ।

यो घटना चीनको हो ।

ली थर भएकी आफ्नो गर्भवती प्रेमिका गर्भवती भएपछि जियाङ नाम गरेका उनका प्रेमीले गत जुन महिनामा विहे गरेका थिए ।

तर, उनले विहेपछि मात्रै आफू लामो समय देखि एचआईभी संक्रमण परी औषधोउपचार गरिरहेको बताएका थिए ।

प्रेमिकाले भने रोग लुकाएर आफूलाई गम्भीर धोका दिएको भन्दै विहे रद्ध गर्न जिल्ला अदालतसमक्ष निवेदन दिएकी थिइन । निवेदन हेरेपछि संघाईको मिनहाङ जिल्ला अदालतले महिलाको पक्षमा निर्णय गर्दै विहे रद्ध गरिदिएको थियो ।

डेलीमेलका अनुसार पतिको स्वास्थ्यको बारेमा जानकारी पाएकी पत्नीले तत्काल गर्भपतन गर्नका लागि अदालतमा रिट दायर गरेकी थिइन ।

संक्रमित पति जियाङले सो बीचमा आफ्नी पत्नीसंग माफी माग्दै गर्भमा रहेको बच्चालाई जन्माउन आग्रह गरेका थिए ।

उनले संक्रमित व्यक्तिबाट समेत संक्रमणरहित शिशु जन्मनसक्ने भन्दै गर्भपतन नगर्न आग्रह गरेका थिए । तर, उनकी पत्नीले मान्दै मानिनन् , बर्षौ अघि अघि देखिको प्रेम र त्यसपछिको विवाहित सम्वन्धलाई रद्ध गरिन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *