बझाङ : सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुने


बझाङ, २१ पुस । जिल्लामा मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन हुनेभएको छ । यसका लागि जिल्लास्थित सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम समेत गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा विभिन्न कारणले मातृ मृत्युदर बढी रहेको जनाइएको छ । कार्यक्रमले घर, बाटो र स्वास्थ्य संस्थामा हुने मातृ तथा नवजात शिशु मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको जनाइएको छ ।

जिल्लामा गत आव २०७६/७७ मा मातृ मृत्युदर शून्य रहेको बताइएको छ । नवजात शिशु मृत्यु २६ जना रहेको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले गर्भवती आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्न कार्यक्रमले ध्यान दिने बताए।

बुंगल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले सुरक्षित मातृत्व कार्यक्रमलाई नगरपालिकाले ध्यान दिएको जानकारी दिए । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले महिलाको स्वास्थ्य सुधारमा सामूहिक प्रयत्नको खाँचो औल्याए । कार्यक्रममा परिवार नियोजन निरीक्षक डिल्ली जोशीले गर्भवती र नवजात शिशुको स्वास्थ्य सुधार गर्न कार्यक्रम सञ्चालन हुने जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *