कोरोना सङ्क्रमितलाई हेलिकप्टरबाट उद्धार


डोल्पा, १७ पुस । हिमाली जिल्ला डोल्पाबाट दुई जना कोरोना सङ्क्रमित बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । ठूलीभेरी नगरपालिकाका ६० वर्षीय एक वडाध्यक्ष र सदरमुकाम दुनैस्थित सरस्वती माध्यमिक विद्यालयमा कार्यरत ५४ वर्षीय शिक्षकको कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दुवै जना सङ्क्रमितको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।

केही दिनअघि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएका दुवै जनाको स्वास्थ्य अवस्था सामान्य भए पनि बिहीबारदेखि दुवै जनाको अवस्था थप जटिल बनेको प्रजिअ ढकालको भनाइ छ ।

जिल्लामा निषेधाज्ञा गर्ने, विद्यालय बन्द गर्नेलगायत विषयमा छलफल भइरहेको प्रशासनको भनाइ छ । उद्धारका लागि दुवै जनाले आफ्नो खर्चमा हेलिकप्टर चार्टर गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *