
काठमाडौँ, १६ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।
थप ६ हजार जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ५३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ४४७ जना कोरोनामुक्त भएका छन् ।
त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २३६ र भेन्टीलेटरमा ३६ जना उपचाररत छन् ।