यस्तो बन्दैछ भृकुटीमण्डपको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र भवन

काठमाडौँ, १५ पुस । विसं २०७२ सालको विनासकारी भूकम्पले क्षतिग्रस्त बनाएको भृकुटीमण्डपस्थित नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र (व्लड बैंक)को भवन पुन: ठडिएको छ । तर निर्माण सम्पन्न भई सञ्चालनमा आउन अझै कम्तिमा ६ महिना लाग्ने बताइएको छ ।

चार तल्ले यो भवन बनाउन थाइ रेडक्रस तथा थाइ सरकारको आर्थिक रहयोग रहेको छ । विसं २०७४ फागुन १८ गते सिलान्यास गर्दा त्यसबेलाका रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले थाइ सरकारको ४५ करोड रुपैयाँ आर्थिक सहयोगमा भवन बन्न लागेको जानकारी गराएका थिए ।

त्यसबेला थापासंगै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि थाइल्याण्डका राजदुत भागवत तान्स्कुलले संयुक्त रुपमा भवनको सिलान्याश गरेका थिए । उनीहरुले त्यसबेला सिलान्यास भएको १८ महिना भित्र भवन निर्माण भइसक्ने बताएका थिए ।  सो अनुसार २०७६ भदौसम्ममा भवन तयार हुनुपर्ने थियो ।

‘आउँदो जुलाई (असार साउन) सम्ममा तयार भएर सञ्चालनमा ल्याउने योजना छ,’ ब्लड बैंकका निर्देशक डा मनिता राजकर्णिकारले भनिन् । उनले भवन निर्णाणको काम अन्तिम चरणमा पुगे फिनिसिङ र राख्नुपर्ने अत्याधुनिक उपकरणहरुले गर्दा केही समय लिने बताइन ।

यो नयाँ भवनमा रक्त सेवालगायत अनुसन्धान कक्षसमेत रहनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *