तत्कालिन स्वास्थ्यमन्त्री ढकालका विज्ञ सल्लाहकार डा. कार्कीले दिए राजिनामा

डा. खेम कार्की

काठमाडौँ, १३ पुस । तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार रुपमा रहेका डा खेमबहादुर कार्कीले पदबाट राजिनामा दिएका छन् । जिम्मेवारी हेरफेरका क्रममा मन्त्री ढकाल संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा पुगेपछि उनका स्वास्थ्यविज्ञ सल्लाहकार रहेका डा कार्कीले राजिनामा दिएका हुन् ।

‘हिजो (आइतबार) नै स्वास्थ्य मन्त्रालय पुगेर पदबाट राजिनामा दिएँ,’ डा कार्कीले भने । उनको नियुक्ति मन्त्रिपरिषद् बैठकले गरेकोले राजिनामाको स्वीकृतिका लागि समेत मन्त्रालयमार्फत मन्त्रिपरिषद पठाउनु पर्ने हुन्छ ।

गत ९ चैतमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको विज्ञ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो । त्यसको ठ्याक्कै ९ महिना पछि स्वास्थ्यमन्त्री रहेका ढकालको मन्त्रालय परिवर्तन भयो ।

‘९ चैतमा मैले नियुक्ती पाएको थिएँ । अस्ती १० पुसमा मन्त्री परिवर्तन हुनुभयो । मन्त्रालयमा विज्ञको रुपमा ठ्याक्कै ९ महिना विताएँ,’ डा कार्कीले भने ।

उनले आफू रहँदाको बखतमा स्वास्थ्य मन्त्रालयले धेरै दुरगामी महत्वपूर्ण नीतिगत निर्णय गरेको समेत दावी गरे ।

‘म जति समय रहें । स्वास्थ्यमा महत्वपूर्ण कामहरु भए । हामीले गरेका अल्पकालिन तथा दीर्घकालिन निर्णयले स्वास्थ्य क्षेत्र सुधारका लागि निकै ठूलो महत्व राख्नेछ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयमा आइतबारबाट नयाँ स्वास्थ्य मन्त्रीको रुपमा हृदयेश त्रिपाठी आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *