स्वास्थ्यकर्मीको समायोजन अब छिट्टै टुंगिन्छ : स्वास्थ्य मन्त्री त्रिपाठी (भिडियो)

काठमाडौँ, १२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्यकर्मीको रोकिएको समायोजन प्रक्रियाले अब पुन गति लिने बताएका छन् । उनले स्वास्थ्यका विभिन्न समूह तथा उपसमूह हुने र समायोजनका बेला त्यसमा ध्यान नपुरयाउनाले केही समस्या भएको भन्दै त्यसलाई अब छिट्टै टुंग्याउने बताए ।

आइतबार पदवहालीपछि मन्त्रालयका अधिकारी तथा स्वास्थ्यकर्मीहरुलाई सम्वोधन गर्दै मन्त्री त्रिपाठीले स्वास्थ्यको समायोजनलाई कोरोनाले पनि केही ढिलाई गराएको भन्दै अव भने यसले तिब्रता पाउने बताए ।

सम्वोधनका क्रममा उनले स्वास्थ्यका केही समस्या स्वास्थ्यकर्मीका विभिन्न समूहबीच हुने आरोप प्रत्यारोपले सिर्जना गरेको समेत सुनाए ।

‘हामी समितिमा स्वास्थ्यका अधिकारीहरुलाई बोलाएका हुन्थ्यौँ । तर त्यहाँ जाने स्वास्थ्यका पव्लीक हेल्थ समूहले मेडिकल समूहलाई नगन्ने, मेडिकल समूहले पव्लिक हेल्थलाई नगन्ने र निजामती समूहले यी दुबै खराव हुन भनेर आफू ठिक हो भन्ने दावी गर्नुहुन्थ्यो । दिनभर एक अर्कामा झगडा गरेर आउनुहुन्थ्यो । अहिले त्यो रोग छ कि छैन् ?’ उनले कर्मचारीहरुलाई सोधेका थिए ।

त्यस अघि स्वास्थ्यकर्मीहरुको तर्फबाट एक जना अगुवाले बोल्दै स्वास्थ्यकर्मीको समायोजन पुरा नहुँदा यसले समस्या पारेको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *