शनिबार देशभरमा थपिए ५०० जना कोरोना संक्रमित, ५३ प्रतिशत उपत्यकाका

काठमाडौँ, ११ पुस । पछिल्लो चौविस घण्टामा देशभर ५ सय कोरोना संक्रमित थपिएका छन् । कुल ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गर्दा २१३ जना महिला र २८७ जना पुरुष सहित ५ सय जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारको कोरोना अपडेटमा मन्त्रालयले यहि अवधीमा ८४० जना संक्रमण मुक्त भएको र तीन जनाको कोरोना संक्रमणबाट ज्यान गएको समेत उल्लेख गरेको छ ।

यस्तै पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा २६७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ११७ जना महिला र १५० जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो अपडेट अनुसार शनिबार अपरान्हसम्म देशभर ६ हजार ७४९ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयले अहिलेसम्म २ लाख ५७ हजार ७ सय जनामा संक्रमित भएको र त्यसमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भइसकेको जनाएको छ । अहिलेसम्म कुल मृत्यु हुनेको संख्या भने १ हजार ८१९ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *