
काठमाडौँ, १० पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ पुगेको छ ।
थप ४ हजार १४२ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ६०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ८९२ जना कोरोनामुक्त भएका छन् ।
त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २४९ र भेन्टीलेटरमा ४६ जना उपचाररत छन् ।