कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या १८०८ पुग्यो

- नेपाली हेल्थ

काठमाडौँ, ९ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८पुगेको छ ।

थप ५ हजार ५१० जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ६१३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप ७३९ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २६१ र भेन्टीलेटरमा ४९ जना उपचाररत छन् ।


Facebook Comment


थप समाचार