पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु


कास्की, ९ पुस । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार  तनहुँ जिल्ला म्यादे गाउँपालिका ५ निवासी ७३ वर्षीय पुरुषको बुधवार बेलुकि ५: २० बजे उपचारका क्रममा मृत्यु भएको हो । उनमा बुधवार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी स्याङ्जा फेदीखोला गाउँपालिका १ का ७४ बर्षिया महिलाको बुधवार साँझ ८: २० मा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररका क्रममा मृत्यु भएको हो । उनमा पुस ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९० पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *