पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु


कास्की, ७ पुस । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँ जिल्ला ब्यास नगरपालिका – ५ निवासी ६४ वर्षीय पुरुषको शोमबार साँझ ८ : २० बजे उपचारका क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. बिनोद बिन्दु शर्माका अनुसार मृत्यु भएका व्यक्तिमा गत मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *