कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या १७९५ पुग्यो


काठमाडौँ, ६ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ९५ पुगेको छ ।

थप ६ हजार ३५१ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ७४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हजार ७९ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा २७९ र भेन्टीलेटरमा ५७ जना उपचाररत छन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *