विमानस्थल सहित १३ वटा प्रमुख नाकामा हेल्थ डेस्क सञ्चालनमा आउँदै, ४८ जना स्वास्थ्यकर्मी खटाईंदै

पहिले देखि सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्क

काठमाडौँ, ५ पुस । स्वास्थ्य सेवा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित नेपाल प्रवेश गर्ने मुख्य १३ नाकामा सञ्चालन गर्न गईरहेको हेल्थ डेस्कका रहने ४८ जना स्वास्थ्यकर्मीहरुको सूची प्रकाशित गरेको छ ।

आउँदो १५ पुस देखि सबै नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याउने योजना अनुरुप विभागले सूचीमा परेका स्वास्थ्यकर्मीलाई ९ पुस भित्रै सम्पर्कमा आइसक्न भएको छ । सूचीमा परेका स्वास्थ्यकर्मीहरु संघ तथा स्थानीय तहमा फाजिल, पुल र केही दरबन्दीमा रहेर काम गर्नेहरु छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीपछि नेपाल प्रवेश गर्ने मुख्य नाकाहरुमा हेल्थ डेस्क सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

सोही अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, झापाको काकरभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगंज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ डेस्कमा स्वास्थ्यकर्मी खटाउने योजना अघि सारेको हो ।

यसअघि मन्त्रालयले २२ मंसिरमा सचिवस्तरीय निर्णय गर्दै ४८ जना कर्मचारीलाई खटाउन विभागलाई पत्र पठाएको थियो।

हेर्नुहोस् हेल्थ डेस्कमा रहने ४८ जना स्वास्थ्यकर्मीको सूची :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *