कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १७७७ पुग्यो

काठमाडौँ, ४ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।
पछिल्लो चौविस घण्टामा देशभर थप ७१० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हजार १७५ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी ८ हजार ८४० जना सक्रिय संक्रमित छन् भने क्वारेनटिनमा ४२१ जना रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



