कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १७७७ पुग्यो

काठमाडौँ, ४ पुस । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप ७१० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप १ हजार १७५ जना कोरोनामुक्त भएका छन् । त्यसैगरी ८ हजार ८४० जना सक्रिय संक्रमित छन् भने क्वारेनटिनमा ४२१ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *