स्वास्थ्य सेवा विभागका तीन जना निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौँ, १ पुस ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका तीन जना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार दिउसो मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

जिम्मेवारी हेरफेर हुनेहरुमा परिवार कल्याण महाशाखा, व्यवस्थापन महाशाखाका र उपचारात्मक महाशाखाका निर्देशकहरु रहेका छन् ।

मन्त्रालयका उपसचिव तारा लुइटेलका अनुसार परिवार कल्याण महाशाखाका निर्देशक डा भीमसिंह तिंकरीलाई व्यवस्थापन महाशाखामा पठाइएको छ । व्यवस्थापन महाशाखाका निर्देशक डा रमेश खरेललाई उपचारात्मक महाशाखाको जिम्मेवारी दिइएको छ । यस्तै उपचारात्मक महाशाखाका निर्देशक रहेका डा तारानाथ पोखरेललाई परिवार कल्याण महाशाखामा पठाइएको छ ।

यस्तै व्यवस्थापन महाशाखा अन्तरगर्त आपूर्ति शाखामा रहेका चुडामणी भण्डारीलाई राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा लगिएको छ । भण्डारीको ठाँउमा उपेन्द्र ढुंगानालाई जिम्मेवारी तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *