माग पुरा गर्न संयुक्त स्वास्थ्य संघर्ष समितिले स्वास्थ्यलाई एक साताको म्याद थप्यो

काठमाडौँ, २९ मंसिर । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले आफ्ना १८ बुँदे माग पुरा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप एक साताको समयावधी दिएको छ । यसअघि दिइएको तीन साताको समयावधी सकिएकै दिन विज्ञप्ती जारी गर्दै समितिले माग पुरा गर्न सरकारलाई थप साता समय दिइएको जनाएको छ ।

समितिका संयोजक डा लोचन कार्कीले थपिएको समयावधीमा समेत माग पुरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने बताए ।
संयुक्त स्वास्थ्य संघर्ष समितिमा स्वास्थ्यसंग सम्वन्धीत विभिन्न १९ वटा ट्रेड युनियन तथा संगठनहरु आवद्ध छन् ।

उनीहरुले कोभिड १९ मा खटिएकाहरुको जोखिमभत्ता, पेशागत सुरक्षा, पारिश्रमिकमा बृद्धि लगायतका विभिन्न मागहरु राखेका छन् ।

माग पुरा गर्न यसअघि दिइएको २१ दिनको अवधीमा सरकार पुरै मौन रहेको समेत आरोप लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *