यस्तो छ कोरोनाबिरुद्धको खोप ल्याउन बनाइएको द्रुत कार्य योजना

काठमाडौँ, २६ मंसिर । कोरोनाविरुद्धको खोप नेपालमा कहिले आउँछ ? अहिले नै भन्न सकिने अवस्था छैन् । तर, सरकारले त्यसको आवश्यक तयारी भने अघि बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अग्रसरतामा खोप ल्याउनका लागि द्रुत कार्य योजना बनाइएको छ । जसमा आठवटा कार्यदल गठन भएको छ र ती कार्यदललाई कार्यक्षेत्र र समयावधी तोकि काम सम्पन्न गर्न निर्देशन दिइएको छ ।

करीव दश दिन अघि गठन गरिएको कार्यदलले द्रुत कार्य योजनामा उल्लेखित समयावधीमा तोकिएको कामहरु भइरहेको समेत बताइएको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख झलक गौतमले कोरोनाविरुद्धको खोप ल्याउनका लागि विभिन्न तयारीहरु गर्नुपर्ने र त्यसका लागि विभिन्न कार्यदल बनेको बताए ।उनले कार्यदलका लागि तोकिएको र समयावधीलाई ध्यान दिएर काम अघि बढेको बताए ।

‘आठ वटा कार्यदल बनेको छ । त्यसका लागि कार्य क्षेत्र र काम सम्पन्न गर्न समयावधी तोकिएको छ । र हामी त्यो समयवधीबाट बाहिर गएका छैन् । तोकिएको समयमा तोकिएको काम भएको छ,’ उनले भने । 

कार्यदलमा खोप सचिवालय गठन, क्लिनिकल व्यवस्थापन सम्मका छन् ।

के के कार्यदल बने ? को को छन् सदस्य ?

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *