बागमतीमा पाँचवटा जिल्ला अस्पताल थप्ने संघीय सरकारको निर्णय

काठमाडौँ, २४ मंसिर ।  सरकारले स्थानीय तह अन्तर्गत रहेका बागमती प्रदेशका पाँचवटा स्वास्थ्य संस्थालाई स्तरउन्नती गर्दै प्रदेश अन्तर्गत राख्ने निर्णय गरेको छ। स्थानीय सरकारको सहमति, प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले सो निर्णय गरेको हो ।

गत १८ मंसिरमा बसेको संघीय सरकारको मन्त्रिपरिषदको बैठकले काठमार्डौँको टोखास्थित चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द, दोलखाको चरिकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही प्राथमिक स्वास्थ्य केन्द्र, चितवनको बकुलर रत्ननगर अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी बागमती प्रदेश सरकारलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताए ।

संघीय सरकारको यो निर्णयले अब बागमती प्रदेशको १३ वटै जिल्लामा अस्पताल रहने भएका छन् ।

यसअघि बागमती प्रदेशमा आठ वटा जिल्लामा मात्र प्रदेश अस्पताल रहेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *