बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन

काठमाडौँ, २३ मंसिर । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव नरसिंह जोशीको निधन भएको छ । रक्त क्यान्सरको उपचार गराईरहेका डा जोशीको केहीबेर अघि  नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

उनी एक साता अघि देखि सो अस्पतालमा उपचाररत थिए । मेडिसिटीमै कार्डियो विभागका प्रमुख समेत रहेका डा जोशी केही दिन अघि मात्रै त्यहाँबाट राजिनामा दिएका थिए । तर त्यस लगत्तै उनलाई रक्तक्यान्सर भएको थाह भयो ।

आफूलाई रक्तक्यान्सर भएको थाह पाएपछि उनले मेडिसिटीमै उपचार गराएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *