भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. विष्णुदत्त पौडेल नियुक्त

868
Shares


काठमाडौँ, २२ मंसिर । सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा प्राडा विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले क्यान्सर रोग विशेषज्ञ डा.पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले आज मात्र नियुक्ति पत्र बुझेका छन् ।

उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि उनी वीर अस्पतालमा कार्यरत थिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *