कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

काठमाडौँ, २०मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही अवधीमा थप २ हाजर २०६ जना कोरोनामुक्त भएका छन् ।

त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा ३१२ र भेन्टीलेटरमा ४५ जना संक्रमित उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *