वीर अस्पतालको आन्दोलन टुग्याउने बार्ता : सम्झौँता पत्रमा केहीको सहमति, केहीको बिमती

फाइल फोटो

काठमाडौँ, १९ मंसिर । विभिन्न माग राखी विगत ४६ दिन देखि वीर अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीद्धारा जारी आन्दोलन बिहीबार राती टुंगिने अपेक्षा राखिएको थियो । तर त्यस अनुसार अझै भएको छैन् ।

बिहीबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच भएको बार्तापछि आन्दोलन टुंग्याउने गरी सम्झौँताका बुधाहरु तयार गरिएको थियो । तर बार्तामा बसेका केही सदस्यहरुले त्यसमा हस्ताक्षर गर्न मानेका छैनन् ।

‘प्रतिष्ठानतर्फबाट बार्तामा बसेका सबैले हस्ताक्षर गरेका छन् तर आन्दोलन कारीका तर्फबाट बार्तामा बस्नेमध्ये केहीले सम्झौँतामा हस्ताक्षर गरे तर केहीले गरेका छैनन्,’ बार्तमा सहभागी एक जना सदस्यले भने ।

बिहीबारको बार्तामा कोभिड भत्ता वितरणमा भएको त्रुटि सच्याउने, औषधि खरीद सम्वन्धी भत्ता एक साता भित्र उपलव्ध गराउने, सेवा विस्तार सम्वन्धी भत्ता छ साता भित्र दुई महिनाको उपलव्ध गराउने लगायतमा बुदा तय गरिएको थियो ।

बार्ता पछि तयार गरिएको सम्झौँता पत्रमा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा देवनारायण साह सहित ६ जना पदाधिकारीले हस्ताक्षर गरेका छन् । आन्दोलन कारीको तर्फबाट सहसंयोजक खुबराज आचार्य, सदस्यहरु टिकाराम पनेरु, शारदा अर्याल र इन्द्र अर्यालले हस्ताक्षर गरेका छन् । अरु बाँकी पाँच जनाले भने हस्ताक्षर गर्न मानेका छैनन् ।

यस्तो छ सम्झौँता पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *