पछिल्लो २४ घण्टामा देशभर १३४३ जना कोरोना संक्रमित थपिए, २१११ जना निको भए


काठमाडौँ, १८ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ३ सय ४३जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार २ सय ८९ सय जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ३ सय ४३ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजर १ सय ११ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ५ सय ५१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *