एन्टीजेनबाट कोरोना परीक्षण शुरु, पहिलो दिन ७०० को परीक्षण गर्दा ४१ जना पोजेटिभ

काठमाडौं, १६ मंसिर । सरकारले एन्टीजेन विधिबाट कोरोना परीक्षण शुरु गरेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबारबाट उपत्यकाका हटस्पट भनिएका स्थानमा एन्टीजेनबाट परीक्षण शुरु गरेको हो । पहिलो दिन करीब ७०० जनाको परीक्षण गर्दा ४१ जनाको पोजेटिभ आएको महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले भने, ‘हिजोबाट काठमाडौँका हटस्पट भनिएका स्थानमा एन्टीजेनमा आधारित विधिबाट कोरोना परीक्षण गरियो ७०० जनाको परीक्षण गर्दा ४१ जनामा पोजेटिभ देखियो । शुरुवाती रिपोर्ट भएकोले यी ४१ जनाको पुन पीसीआर गरी क्रस जाँच गर्ने छौँ ।’

डा पाण्डेले सोमबार महानगर क्षेत्रमा कोटेश्वर, धुम्बाराही, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिएको बताए ।

‘५०० भन्दा बढी केश भएका स्थानलाई हटस्पट मानेका छौँ । ती सबै स्थानमा संक्रमितको कन्ट्याक्टमा आएकाहरुको परीक्षण गरिनेछ । उपत्यकाबाट शुरु भई यो कार्यलाई देशव्यापी गराउने योजना छ,’ उनले भने ।

एन्टिजेनबाट २०-२५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पपिसिआर जस्तै विधि हो, डा पाण्डेले भने, ‘घाँटीबाट स्वाब संकलन गरेर परीक्षण गरिन्छ ।’

उनले समग्र जनसंख्यामा भने एन्टिजेन परीक्षण नगर्ने बताए । ‘हामीले संक्रमितको सम्पर्कमा आएकाहरुलाई स्थानीय निकायको सहयोगमा काठमाडौंका कोरोना हटस्पट क्षेत्रका बासिन्दालाई मात्र एन्टिजेन परीक्षण गर्ने हौँ ,’ उनले भने ।

पाण्डेले तीनहजार पाँचसय जनसंख्यामा एन्टिजेन परीक्षण गरेर त्यसको नतिजाको आधारमा थप परिक्षण गरिने जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता हुन्छ ।

सोमबार काठमाडौं महानगरपालिकाको  ४, ७ र ९ वडामा  परीक्षण गरिएको थियो । अब बुधबार (१७ मंसिरमा) १०, १४ र १६   वडाका जोखिम स्थान तोकी परीक्षण गर्ने तयारी गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *