गुणस्तरीय स्वास्थ्य सेवाका लागि जनशक्ति ‘तिखार्दै’ राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र

काठमाडौँ, १५ मंसिर ।  चीनमा कोरोना भाइरसले महामारीको रुप लिएका बेला नेपालमा आम सर्वसाधारण मात्रै होइन स्वयं स्वास्थ्यकर्मीहरु समेत आत्तिएका थिए ।

नयाँ भाइरस, तिव्रगतिमा फैलदो संक्रमण र भकाभक मृत्यु, चीनको वुहान पछि इटाली, इजराइल, अमेरिका लगायत्तका मुलुकबाट कोरोनाको झन् डरलाग्दो समाचार आउँदा आत्तिनु स्वभाविक थियो पनि । तर, नेपालले त्यतिवेला लिएको सुझबुझपूर्ण निर्णयले त्यो अवस्था हुन पाएन् । शुूरुवाति समयमै गरिएको लकडाउन, स्वास्थ्य संस्था स्तरउन्नतीको तयारी र जनशक्तिलाई दिइएका तालिमका कारण यो सम्भव भएको थियो ।

छिमेक हुँदै देशमा कोरोना संक्रमण फाट्टफुट्ट देखिना फरक ढंगले व्यस्त बनेको स्वास्थ्यको ‘वीङ’ हो राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र ।

‘नयाँ भाइरस, देशविदेशमा तवाई मच्चाई सकेको, नेपालमा छि¥यो भने यसले वित्यास पार्छ भन्ने डर त्रास भएको अवस्था । अझ् स्वास्थ्यकर्मीले कसरी उपचार गर्ने ? आइसीयू कसरी सञ्चालनमा ल्याउने ? आदिको अलमल भएको बेला । हामीले विभिन्न मोडलमा तालिम दिन थाल्यौँ । त्यसले केश म्यानेजमेन्टमा निकै फाईदा भयो,’ केन्द्रका निर्देशक डा. यदुचन्द्र घिमिरेले भने ।

उनले अहिलेसम्म कोरोना विरुद्ध अंग्रमोर्चामा खटिएका चिकित्सक, नर्स समेत गरी ५६४ बढीलाई विभिन्न खाले तालिम दिएको बताए ।

‘हामीले २४८ जना डाक्टर तथा नर्सहरुलाई क्रिटिकल कियर तालिम दियौँ, करारका मेडिकल अधिकृत र नर्सहरु गरी ५१ जनालाई आईपीयू र आईसीयू सम्वन्धी तालिम दियौँ । यस्तै भेरी, सेती, लुम्बिनी अस्पतालका सेवा प्रदायक ८० जनालाई अन साइट इसीसी तालिम दियौँ । यस्तै काठमाडौँका विभिन्न अस्पतालका डाक्टर तथा नर्सहरु गरी ६३ जनालाई कोभिड १९ प्रिपेडनेश र इसीसी म्यानेजमेन्ट तालिम दियौँ । यस्तै कोभिड उपचारमा खटिएका अरु विभिन्न ठाँउका स्वास्थ्यकर्मीहरुलाई विभिन्न प्याकेजका कोभिड उपचार तालिम तथा विधिहरु सिकायौँ । यसले महामारीविरुद्ध सक्रिय स्वास्थ्यकर्मीहरुको थप बल पुगेको छ,’ डा. घिमिरेले भने ।

उनले कोभिड  -१९ विरुद्धको अभियानमा खट्ने स्वास्थ्यकर्मीहरुलाई तालिम दिनका लागि उपत्यकामा केही निजी अस्पतालहरुसंग समेत सहकार्य र समन्वय गरिएको बताए ।

केन्द्रले सोमबार पत्रकार सम्मेलन गरी आफूहरुले चालु आर्थिक बर्षमा गरेका र गर्ने तयारीमा रहेका मुख्य कार्यक्रमहरुको बारेमा जानकारी गराएको थियो ।

सो अवसरमा केन्द्रका बरिष्ठ स्वास्थ्य प्रशासक डा रामराज पन्थीले कोभिड–१९ नियन्त्रणका लागि खटिने जनशक्तिका लागि दिइने तालिम बाहेक अरु नियमित कोर्षहरुको कार्यहरु पनि जारी राखेको बताए । तर, तालिमको ‘मोडालिटी’ केही परिवर्तन भएको सुनाए ।

‘अघिल्ला बर्ष जस्तो अवस्था रहेन, महामारीका बेलामा भौतिक दुरीको कुरा पनि महत्वपूर्ण हुने भयो । त्यसैले कतिपय तालिमहरु भर्चयुअल रुपमा गरिएका छन् । र यी प्रभावकारी देखिएका छन्,’डा पन्थीले भने ।

उनले केन्द्रले परिस्थितिको मूल्यांकन गरेर थप कार्यहरु अघि बढाउने बताए ।

स्वास्थ्य सम्वन्धी सम्पूर्ण तालिमहरुको संयोजन गर्न मन्त्रालयले सबैभन्दा माथिल्ला निकायहरुको रुपमा विसं २०५० मा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको स्थापना गरेको हो ।

यसले गुणस्तरीय स्वास्थ्य सेवाका लागि विभिन्न तहमा तालिम गर्ने संस्थाहरुको क्षमता विकास गर्ने, स्वास्थ्यको तालिमहरुको गुणस्तरीयता सुनिश्चित गर्ने, सक्षम स्वास्थ्य तालिम प्रणालीको विकास गर्ने लक्ष्य लिएको छ ।

देश संघीय संरचनामा गईसकेपछि सातवटै प्रदेशमा प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा ४९ वटा क्लिनिक तालिम साइटहरु छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *