जनआन्दोलन, सशस्त्र द्धन्द र मधेश आन्दोलनमा घाइते भएकाहरुको उपचार नि:शुल्क

काठमाडौँ, १४ मंसिर । सरकारले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्धन्द्ध र तराई मधेशको आन्दोलनका घाइतेहरुको उपचार निशुल्क गर्ने पुन निर्णय गरेको छ । गत १० मंसिरमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न आन्दोलनमा सहभागी हुँदा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेका सबै व्यक्तिको उपचार सरकारी अस्पतालमा निशुल्क गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गत ७ र १० मंसिरमा बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने क्रममा यो जानकारी दिएका हुन् । उनले भने, ‘ऐतिहासिक जन आन्दोलन, सशस्त्र द्धन्द्ध तथा तराई मधेश आन्दोलनका क्रममा घाइते भएका, गोली वा छर्रा शरीरमा बोकेर अहिले पनि उपचार गर्नुपर्ने अवस्थामा रहेकाहरुको उपचार सरकारले निशुल्क गर्ने निर्णय गरेको छ । त्यसको जानकारीका लागि सूचना समेत प्रकाशित गर्ने र सम्पर्कमा आएकाहरुलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने निर्णय भएको छ ।’

मन्त्री गुरुङले यसअघि पनि यो निर्णय सरकारले गरिसकेको भएपनि उपचारबाट बन्चित नहुन भनेर पुन निर्णय गरिएको सुनाए ।

अहिले पनि ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्धन्द र मधेश आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरु उपचारको अभावमा छटपटिएर बस्नुपरेको खबर सार्वजनिक भइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *